IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 11:24:57
IME remit
Global IME Bank Limited

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे

Hyundai Nepal
२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे
Shivam Cement

काठमाण्डौ । २२ वर्षकै उमेरमा कोही व्यक्ति अरबपति बन्न सक्छ भन्ने कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ। तर, यही असम्भवजस्तो लाग्ने कुरा तीन युवाले सम्भव बनाएर देखाएका छन्।

भारतसँग सम्बन्धित आदर्श हिरेमठ र सूर्य मिधा, र तिनका अमेरिकी साथी ब्रेन्डन फुडी अहिले विश्वका सबैभन्दा कान्छा ‘सेल्फ-मेड’ (आफैं कमाएर बनेका) अरबपति बनेका छन्। ती तीनै जनाले सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गको रेकर्ड तोडेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

जकरबर्ग २३ वर्षको उमेरमा पहिलो पटक अरबपति बनेका थिए। सन् २००८ मा उनी १.५ अर्ब डलर नेटवर्थसहित फोर्ब्स वर्ल्ड बिलिनियर सूचीमा सबैभन्दा कान्छा ‘सेल्फ-मेड बिलिनियर’का रूपमा सूचीकृत भएका थिए। तर अब यो कीर्तिमान २२ वर्षीय यी तीन युवाले तोडेका छन्।

एआई कम्पनी Mercor बाट अरबपति बने

यी युवाहरूले सान फ्रान्सिस्कोस्थित कृत्रिम बौद्धिकता (AI) रिक्रुटिङ कम्पनी Mercor स्थापना गरेका हुन्। यस कम्पनीले हालसालै १० अर्ब अमेरिकी डलर मूल्यांकनका आधारमा ३५० मिलियन डलरको लगानी संकलन गरेको छ।

प्रत्येक संस्थापकको कम्पनीमा झण्डै २२ प्रतिशत स्वामित्व रहेको छ। यस आधारमा तिनको व्यक्तिगत सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।

Mercor का प्रमुख कार्यकारी अधिकृत (CEO) ब्रेन्डन फुडीका अनुसार यो लगानी राउन्डको नेतृत्व अमेरिकी लगानी कम्पनी Felicis Ventures ले गरेको हो। यस लगानीपछि कम्पनीको मूल्यांकन गत फेब्रुअरीको तुलनामा पाँच गुणा वृद्धि भएको जनाइएको छ।

दिल्ली र कर्नाटकसँग सम्बन्धित युवा

कर्नाटक निवासी आदर्श हिरेमठ Mercor का प्रविधि प्रमुख (CTO) हुन् भने दिल्ली मूलका सूर्य मिधा कम्पनीका अध्यक्ष (Chairman) हुन्। तिनले आफ्नो उद्यमशील यात्राको सुरुवात क्यालिफोर्नियाको सान होसेस्थित Bellarmine College Preparatory बाट गरेका थिए।

हाई स्कूलपछि फुडीले Georgetown University बाट अर्थशास्त्रमा, हिरेमठले Harvard University बाट कम्प्युटर साइन्समा, र मिधाले पनि Georgetown बाट Foreign Service मा अध्ययन गरेका थिए।

CG Motors
Muktinath Bikas Bank Limited

Mercor के गर्छ ?

सन् २०२३ मा सिलिकन भ्यालीमा सुरु गरिएको Mercor स्टार्टअपले कृत्रिम बौद्धिकता (AI) प्रविधि प्रयोग गरी विशेषज्ञहरूलाई ‘फाउन्डेशनल एआई मोडेल’ (Foundational AI Models) निर्माण र प्रशिक्षणका लागि जोड्ने कार्य गर्छ।

गत फेब्रुअरीमा कम्पनीले Felicis Ventures को नेतृत्वमा १०० मिलियन डलरको लगानी पाएको थियो। त्यतिबेलाको मूल्यांकन २ अर्ब डलर रहेको कम्पनीको मूल्य हाल आठ महिनामै बढेर १० अर्ब डलर पुगेको छ।

यस असाधारण वृद्धिसँगै आदर्श हिरेमठ, सूर्य मिधा र ब्रेन्डन फुडी विश्वका सबैभन्दा कान्छा ‘सेल्फमेड अरबपति’का रूपमा स्थापित भएका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.