मंगलवार, आश्विन २०,२०८३ 02:54:37
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 02:54:37
Bizshala
Global IME Bank Limited

बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो सीमा भन्दा माथि, वित्तीय स्थायित्वतर्फ अग्रसर

Bizshala
बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो सीमा भन्दा माथि, वित्तीय स्थायित्वतर्फ अग्रसर
New Office

काठमाण्डौ । बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो तोकिएको सीमा भन्दा माथि नै रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को स्वीकृति जोखिममा आधारित बीमांकीय मूल्यांकन प्रतिवेदनमा आधारमा जीवन तथा निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो १।३ को सीमा भन्दा माथि नै रहेको पाइएको हो ।  

प्राधिकरणका अनुसार २०८२ साल वैशाख १५ गतेसम्म बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराएका  २५ बीमा कम्पनीहरु (जीवन, निर्जीवन र लघुबीमक समेत)गरी सोल्भेन्ट रहेका छन् ।

प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.३ र लघुबीमकहरुको सोल्भेन्सी अनुपात १.५ तोकेको छ ।  

प्राधिकरणका अनुसार जीवन बीमातर्फ सोल्भेन्सी रेसियो सबैभन्दा बढी रिलायबल नेपाल लाइफको ३.६१ रहेको छ भने निर्जीवनतर्फ सिद्धार्थ प्रिमियरको ४.३२ रहेको छ । त्यस्तै, लघु जीवन बीमकतर्फ लिबर्टी माइक्रो लाइफको २.० रहेको छ ।  

सोल्भेन्सी रेयिसोले बीमा कम्पनीहरुले दीर्घकालिन ऋण तिर्न सक्ने क्षमता मापन गर्ने भएकाले यो अनुपातले कम्पनीको वित्तीय स्थायित्व देखाउँछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जस्तै, डेब्ट टु इक्विटी रेसियो बराबर कुल ऋणलाई सेयरधनीहरुको कुल सेयरले भाग गरेर यो रेसियो निकालिन्छ । यो अनुपातले कम्पनीले सेयरधनीहरुको पूँजीको तुलनामा कति ऋण लिएको छ भन्ने देखाउँछ ।  

तोकिएको भन्दा बढी सोल्भेन्सी रेसियोले कम्पनी दीर्घकालिन ऋण तिर्न सक्षम रहेको जनाउँछ । यसले कम्पनीको वित्तीय जोखिम कम भई लगानीकर्तालाई भविष्यमा उत्कृष्ट लाभांश दिन सक्ने सम्भावना रहन्छ । सोल्भेन्सी रेसियो बढी हुँदा लगानीकर्ताको दृष्टिमा समेत कम्पनी विश्वसनीय हुन जान्छ ।  

प्राधिकरणका अनुसार जीवन बीमातर्फ आइएमई लाइफको ३.१४, सिटिजन लाइफको ३.४२, सूर्यज्योति लाइफको २.४७, सानिमा रिलायन्स लाइफको १।३९, प्रभु महालक्ष्मी लाइफको १.९६, हिमालयन लाइफ इन्स्योरेन्सको १.८१, क्रेष्ट माइक्रो लाइफको १.९७, गार्डियन माइक्रो लाइफको १.९७ र लिबर्टी माइक्रो लाइफको २ रहेको छ ।  

त्यस्तै, निर्जीवनतर्फ नेपाल इन्स्योरेन्सको ४.६१, ओरियन्टल इन्स्योरेन्सको २.६६, नेको इन्स्योरेन्सको ३.०६, शिखर इन्स्योरेन्सको २.६९, एनएलजीको ३.४२, हिमालयन एभरेष्टको ३.१५, सानिमा जिआइसीको २.६३, सगरमाथा लुम्बिनीको २.७६, सिद्धार्थ प्रिमियरको ४.३२, आइजीआई प्रुडेन्सियलको ३.७० र युनाइटेड अजोडको २.७३ रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.