आईतवार, श्रावण ३१,२०८३ 10:39:56
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:39:56
Bizshala
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्डका लागि छनोट भएका ११० जना डाक्टरले नियुक्ति पत्र लिन गरे अस्वीकार, यस्तो छ कारण

Prabhu Bank Limited
स्वास्थ्य बीमा बोर्डका लागि छनोट भएका ११० जना डाक्टरले नियुक्ति पत्र लिन गरे अस्वीकार, यस्तो छ कारण
New Office

काठमाण्डौ । स्वाास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० जनामध्ये ११० जना मेडिकल अधिकृतले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै ११० जना मेडिकल अधिकृतले नियुक्तिपत्र नलिने निर्णय गरेका हुन् ।  

मेडिकल अधिकृतहरुले दैनिक ४ सय दाबी मूल्यांकन गर्ने लक्ष्य अव्यवहारिक र कार्यसमयमा थप ओभरटाइम गर्ने व्यवस्था श्रम अधिकार विपरीत भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।  

CG Motors

उनीहरुले कार्य विवरणको बुँदा नम्बर ११ मा उल्लेखित प्रत्येक कार्यदिन ४ सय वटा दाबी मूल्यांकन गर्नुपर्ने वा २५ देखि ३० लाख रुपैयाँसम्मको मूल्यांकन पुरा गर्नुपर्ने लक्ष्यलाई अव्यवहारिक बताउँदै आपत्ति जनाएका हुन् ।  

यसका साथै बुुँदा नम्बर १२ मा तोकिएको कार्यसमय (बिहान १० देखि साँझ ५ बजेसम्म)मा लक्ष्य पुरा गरेपछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने व्यवस्था पनि श्रम अधिकार विपरीत रहेको भन्दै यो व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।  

त्यस्तै कार्य विवरण अनुसारको कार्य सम्पन्न भएको व्यहोरा सुपरभाइजरबाट प्राप्त भएपछि मात्रै पारिश्रमिक भुक्तानी गरिने व्यवस्थामा पनि उनीहरुको चित्त नबुझेपछि नियुक्तिपत्र लिन अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.