बुधबार, श्रावण २७,२०८३ 03:49:05
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:49:05
Bizshala
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको नाफामा २७% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

Prabhu Bank Limited
आरएसडिसी लघुवित्तको नाफामा २७% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
New Office

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थालको खुद ब्याज आम्दानी २२.५२ प्रतिशतले घटेको छ ।  

संस्थाले गत आवको चौथो त्रैमाससम्म २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २८ करोड ९८ लाख थियो ।  

यस्तै संस्थाले यो अवधिमा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड १७ लाख खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद सञ्चालन आम्दानी पनि ३४.७० प्रतिशतले घटेर २० करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.९८ प्रतिशत रहेको छ ।    

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ पनि घटेको छ । अघिल्लो आवमा ९ करोड ७३ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ८ करोड ५४ लाखमा सीमित बनेको छ । संस्थाको रिजर्भको आकार भने १६ करोड ४५ लाख रुपैयाँबाट बढेर १८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।  

यसैगरी संस्थाले २ करोड ६८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात ३.३१ प्रतिशतबाट बढेर ३.३४ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)९.९८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७९५.३९ रुपैयाँ, पीई रेसियो ७०.२६ गुणा, तरलता अनुपात २६.९१ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२५.९५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.