आरएसडीसी लघुवित्तको नाफा ३५.७६% बढ्यो, प्रतिसेयर आम्दानी १३.३७ रुपैयाँ पुग्यो
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख २३ हजार रुपैयाँको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद सञ्चालन आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै...

