बुधबार, श्रावण २७,२०८३ 03:49:08
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:49:08
Bizshala
Global IME Bank Limited

आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न

Prabhu Bank Limited
आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न
New Office

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम आयोजना गरेको छ ।

संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत उक्त तालिम आयोजना गरेको हो ।

उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.