काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बुटवलमा रहेको संस्थाको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।