काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख २३ हजार रुपैयाँको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद सञ्चालन आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्थाको नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको २० करोड २० लाख ४४ हजार रुपैयाँभन्दा बढी हो।
यो अवधिमा खुद ब्याज आम्दानी भने २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित बनेको छ ।
संस्थाको सञ्चालन खर्च बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ५ करोड ६२ लाख पुगेको छ । समीक्षा अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज ५ करोड ५८ लाख रुपैयाँले रिभर्सल भएको छ ।
संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.९७ प्रतिशत पुगेको छ ।
संस्थाको निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ३.९२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.३४ प्रतिशतभन्दा केही बढी हो। कर्जा नोक्सानी व्यवस्था अनुपात ११६.७० प्रतिशत रहेकोले सम्भावित जोखिम व्यवस्थापनका लागि पर्याप्त प्रबन्ध रहेको देखिन्छ।
संस्थाले कस्ट अफ फण्ड ६.१७ प्रतिशतबाट घटाएर ४.८७ प्रतिशतमा झारेको छ । त्यस्तै, पूँजी कोष अनुपात २७.७२ प्रतिशत रहेको छ ।
आरएसडीसी लघुवित्तको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २० करोड ७१ लाख रुपैयाँ र सञ्चित मुनाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म संस्थाको कुल सम्पत्ति ५ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब १७ करोड ८९ लाख रुपैयाँको तुलनामा घटेको हो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९.८५ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १३१.०७ रुपैयाँ कायम हुँदा मूल्य आम्दानी अनुपात ४८.६१ गुणा र तरलता अनुपात २८.१४ प्रतिशत पुगेको छ ।

