बुधबार, चैत्र २०,२०८१ 02:35:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:35:41
IME remit
Global IME Bank Limited

आरएसडिसी लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने

Hyundai Nepal
आरएसडिसी लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश पा्िरत गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा संस्थाको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने , प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य उपयुक्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गने जस्ता विेशष प्रस्ताव पारित गरिनेछन् ।  

सभामा सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ३ जना संस्थापक र ३ जना सर्वसाधारण समूहका सेयरधनीहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.