• सोमबार, श्रावण २६,२०८२ 08:36:08
Global IME Bank Limited

भारतमा आउटरिचले जित्यो १३ अवार्ड

Hyundai Nepal
भारतमा आउटरिचले जित्यो १३ अवार्ड
Shivam Cement

काठमाण्डौ । आउटरीच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलीइनसँग मिलेर, यसपटक पनि फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ । यो कार्यक्रम अगष्ट ८ मा भारतको नयाँदिल्ली स्थित ताजविवान्ता, द्वारकामा सम्पन्न भएको हो ।  

यी अवार्डहरुमा युनिलिभरका लागि ७ अवार्ड, सामसुङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन ड्युका लागि १ अवार्ड र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड प्राप्त गरेको छ । ती पुरस्कारमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड हुन् ।

Shivam Cement
Muktinath Bikas Bank Limited

फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इण्डिया ( आरएमएआई)ले गरेको हो । व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ । यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहेको थियो । यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो ।  

पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ (ईवाई) द्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो । निर्णायक मण्डलको सह–अध्यक्षता बिस्ले इन्टरनेशनलका सीईओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा सीईओ डा. वेङ्कट्राम वसन्त वाडाले गरेका थिए, जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्याति प्राप्त दक्षिण पूर्व एशियाली निर्णायकहरू सहभागी थिए ।

यस उपलब्धि बारेमा आउटरीचका संस्थापक उजय शाक्यले लिंकेडिनमा लेखेका छन् —

क्लाइन्ट पार्टनरहरूको निरन्तर सहकार्य र विश्वास गरेकोमा धन्यवाद दिदैं टिमकोे समर्पण र सिर्जनशिलताका कारण यी अवार्ड जित्न सफल भएको बताए । मेरो टिमकोे समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ ।’  

अवार्डका अतिरिक्त, शाक्यलाई आरएमएआईको नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी पनि दिइएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.