मंगलवार, बैशाख ९,२०८२ 10:55:21
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 10:55:21
IME remit
Global IME Bank Limited

सहकारीहरुले लाभांश कम गरी प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

Hyundai Nepal
सहकारीहरुले लाभांश कम गरी प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डिजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा उनले यस्तो बताएका  हुन् । उनले प्रविधिको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उनको भनाई छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

मोबाईल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाई समेत दक्ष बनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे । क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाई विस्तार गर्न उनको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाई छ ।  

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाईरहेको उनले सुनाए ।  

त्यस्तै, आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डीजिटाईजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारणा राखे । कार्यालयमा हुने सम्पूर्ण कामलाई कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाई छ । सदस्यहरुले घरमै बसेर सहकारीको सम्पूर्ण वित्तीय सेवा लिन सक्नु नै डीजिटाइज भएको उनको धारणा छ । डीजिटाईजेशनमा जाँदा सेवामा प्रभावकारीता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए ।

मोबाईल फाइनान्स टेक्नोलोजीका अध्यक्ष स्मरण दवाडीले डीजिटाईजेशनमा जान सहकारीले लगानी बढाउनुपर्ने र कुल खर्चको १० प्रतिशत पनि लगानी नभएको बताए । लगानी नगर्ने तर सेवा सुविधा मात्रै खोजेर नहुने उनको धारणा छ ।

 सदस्यहरुले मोबाईलबाट पैसा तिर्ने मात्रै डिजिटाईजेशन नभएको भन्दै उनले सहकारीका सदस्यले उत्पादन गरेको वस्तु तथा सेवाको समेत बजारिकरण गरेर समुदायको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने उनको जोड छ । सहकारी बचत तथा ऋणको मात्रै कारोबार नभई सदस्यको उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने सम्मको प्रविधिमा जोडिन सक्दा यसका सबै पक्षले फाइदा लिन सक्ने बताए ।

मोरु डिजिटल वालेटका श्रेस पौडेलले सहकारीहरु ग्रास रुटसम्म पुगेको क्षेत्र भएकाले प्रविधि साक्षरता जगाउन उपयुक्त माध्ययम भएको बताए । सन् २०३० सम्म सहकारीमा डीजिटाईजेशनमा जान अहिलेदेखिनै लगानी बढाउनुपर्नेमा उनको जोड छ । प्रविधिको सीमा नभएको भन्दै उनले त्यो माईन्ड सेट गरेर कन्क्लेभबाट बाहिर निस्कन उनको आग्रह छ ।

प्रतिस्पर्धी र गुणस्तरिय सेवा दिन सहकारीहरु पनि तयार हुनुपर्ने उनको जोड छ । कन्क्लेभमा सहभागिहरुले डिजिटाईजेशनमा जान दुर्गम क्षेत्रमा पूर्वाधारको विकास नभएको जनाए । दुर्गममा इन्टरनेट लगायत व्यवस्था नहुँदा सदस्यलाई सहज सेवा दिन समस्या परेको उनीहरुको भनाई छ । कतिपय संस्था अहिले पनि मेनुअलमानै काम गरिरहेकाले सन् २०३० सम्म सबै सहकारीलाई कसरी डीजिटाईज गर्न गर्न सकिन्छ? भनेर प्रश्न गरे ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.