आईतवार, असार १५,२०८२ 01:45:00
  • आईतवार, असार १५,२०८२ 01:45:00
Global IME Bank Limited

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न,५ जना सञ्चालक निर्विरोध निर्वाचित

Hyundai Nepal
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न,५ जना सञ्चालक निर्विरोध निर्वाचित
Nabil Bank Limited

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत २ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।  

प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, सेयरधनीका प्रतिनिधि,कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको प्रथम साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तावमाथि छलफल भई सर्वसम्मतिले पारित भएको छ ।  

साथै साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात,नाफा–नोक्सान हिसाब,नगदप्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सोही साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० को लागि सञ्चालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने निर्णय गनुर्का साथै र चालु आर्थिक वर्ष २०८०/०८१ को लागिबाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिकनिर्धारण गर्ने प्रस्तावउपर छलफल भई पारित भएको छ ।  

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना सेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले कम्पनी ऐन २०६३ मा व्यवस्था भएअनुसार आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक नियुक्त गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.