शनिबार, मंसिर २०,२०८२ 06:56:09
Bizshala
  • शनिबार, मंसिर २०,२०८२ 06:56:09
Bizshala
Global IME Bank Limited
Bizshala

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

Hyundai Nepal
नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै
Shivam Cement

काठमाण्डौ । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागिएको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ । जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु

नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ प्रदर्शनीमा राखिने छन् । गत साता नेपालमा धमाकेदार रुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।  

लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ ।

‘नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्री ज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभीलाइन अपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.