काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आजदेखि समाप्त हुने भएको छ। आजदेखि संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।
खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।
मर्जरअघि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संख्या २ लाख ६८ हजार र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर संख्या २ हजार कित्ता थियो ।
संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ भदौ २० गते बाँडफाँड गरिएको थियो ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने पद बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।