बिहीबार, बैशाख १७,२०८३ 11:23:57
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 11:23:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेलको अपील र निःशुल्क सेवा घोषणा

Bizshala
एनसेलको अपील र निःशुल्क सेवा घोषणा
Shivam Cement

काठमाण्डौ । एनसेलले देशभर हालै भएका दुर्भाग्यपूर्ण घटनाहरूप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "हामी एनसेल परिवार देशमा विकसित घटनाक्रमबाट मर्माहित छौं। यो दुखद् घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछौं।"

एनसेलले संकटको समयमा उपभोक्ताहरूलाई देश-विदेशमा रहेका आफन्तहरूसँग सम्पर्कमा रहन सहज बनाउनु आफ्नो प्राथमिकता रहेको बताएको छ। तर, मंगलबार कम्पनीको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरू प्रवेश गरी तोडफोड गरेको घटनाले दूरसञ्चारजस्तो अत्यावश्यक सेवामा अवरोध पुग्ने जोखिम रहेको एनसेलले उल्लेख गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

"दूरसञ्चार सेवा र सार्वजनिक सम्पत्तिमा क्षति पुग्दा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरूलाई असर पर्ने निश्चित छ। त्यसैले, यस्ता अत्यावश्यक सेवा र सम्पत्तिको संरक्षणमा सहयोग गर्न हामी सबैमा अनुरोध गर्दछौं," विज्ञप्तिमा भनिएको छ।

उपभोक्ताहरूलाई सहज सञ्चार सेवा प्रदान गर्न एनसेलले आज (भाद्र २४) देखि लागू हुने गरी आगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट, र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

एनसेलले सबैलाई संयमित रहन र अविच्छिन्न सञ्चार सेवाका लागि सहयोग गर्न अपील गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X