काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।
विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरका अनुसार यतिेबला काठमाण्डौको वायुको गुणस्तर १५१ एक्युआई रहेको छ । काठमाण्डौको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा बढी हो ।
जाडो तथा सुख्खा मौसमको समयमा उच्च प्रदुषण भएपनि वर्षातको समयमा काठमाण्डौमा कम प्रदुषण हुने गर्थ्यो । तर मंगलबार जेनजी प्रदर्शनकारीहरुले काठमाण्डौ उपत्यकामा गरेको आगजनीका कारण प्रदुषणको मात्रा निकै बढेको हो ।
यतिेबला विश्वकै प्रदुषित शहर भने कंगोको किन्स्हासा रहेको छ ।