सोमबार, श्रावण ४,२०८३ 09:11:43
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 09:11:43
Bizshala
Global IME Bank Limited

विदेशी विनिमय सञ्चिति रु.२८.०६ खर्ब पुग्यो

विदेशी विनिमय सञ्चिति रु.२८.०६ खर्ब पुग्यो
New Office

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ४.८ प्रशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति साउन महिनामा २८  खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।४ प्रतिशत रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.