काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठानमा प्रधानमन्त्री सुशीला कार्कीको आँखाको परीक्षण भएको छ। कार्की नियमित आँखा परीक्षणका लागि तिलगंगा पुगेकी थिइन्।
वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले कार्कीको आँखा परीक्षण गरेका हुन्। परीक्षणका क्रममा कार्कीको देब्रे आँखा धमिलो भई भएकाले त्यसका लागि उपचार गरिएको जनाएको छ। याग लेजर डा. गुरुङले उपचार गरेकी हुन् ।
उक्त अवसरममा कार्की र डा रुइतबीच छलफल समेत भएको थियो । कार्कीले रुइतलाई सरकारमा सहभागी हुने प्रस्ताव गरेकी थिइन् । तर रुइतले बिरामी छोडेर मन्त्री बन्न नसक्ने जवाफ दिएका थिए ।