मंगलवार, श्रावण २६,२०८३ 03:17:35
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:17:35
Bizshala
Global IME Bank Limited

साना लगानीकर्तालाई मध्यनजर गर्दै प्रभु क्यापिटलले एसआइपी ल्याउने, उच्च रिटर्नको सम्भावना

Prabhu Bank Limited
साना लगानीकर्तालाई मध्यनजर गर्दै प्रभु क्यापिटलले एसआइपी ल्याउने, उच्च रिटर्नको सम्भावना
New Office

काठमाण्डौ । सानो रकमबाट सुरु गर्न सकिने वा साना लगानीकर्ताका लागि उपयुक्त लगानीको माध्यम भनेकै खुलामुखी योजना (ओपन इन्डेड म्युचुअल फण्ड)मा लगानी गर्नु हो ।  

खुलामुखी योजना र एसआइपी लगानीका लागि दुई छुट्टाछुट्टै माध्यम भएपनि एकअर्कासँग सम्बन्धित अवधारणा हुन् । यी दुबै म्युचुअल फण्डसँग जोडिएका हुन्छन् र लगानीकर्तालाई सजिलो, लचिलो र सुरक्षित तरिकाले लगानी गर्न मद्दत गर्दछ ।  

प्रभु क्यापिटल लिमिटेडको पहिलो खुलामुखी योजना निष्कासन भई बाँडफाँड भइसकेको छ । साना लगानीकर्तालाई मध्यनजर गर्दै क्यापिटलले ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गरेको थियो ।  

क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ योजना जारी गरेको थियो । क्यापिटलको यो योजना दोस्रो बजारमार्फत खरिद गर्न मिल्दैन । नेप्सेमा सूचीकृत नहुने खुलामुखी सामूहिक लगानी कोष योजनामा दोस्रो बजारमार्फत लगानी गर्न सकिँदैन ।  

प्रभु क्यापिटलको खुलामुखी योजनामा लगानी गर्न छुटेमा लगानीकर्ताहरुले पिर मान्नु पर्दैछ । अहिले क्यापिटलहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)ल्याएका हुन्छन् । जसमार्फत लगानीकर्ताहरुले ढुक्कसँग यस्ता खुलामुखी योजना लगानी गर्न सक्नेछन् । प्रभु क्यापिटलले पनि खुलामुखी योजनालक्षित गरी भविष्यमा एसआइपी ल्याउने सम्भावना बढी देखिएको छ ।  

क्यापिटलका अनुसार यो खुलामुखी योजनाको न्याभ (२०८१ असार मसान्तसम्म) १०.०४ रुपैयाँ रहेको छ, जुन औषतमा एकदमै राम्रो मानिन्छ । साथै सो अवधिसम्म फण्डको कुल सम्पत्ति ४० करोड २३ लाख ५४ हजार रुपैयाँ रहेको छ ।  

सो अवधिसम्म यो फण्डको आम्दानी ४२ लाख ८२ हजार ८७३ रुपैयाँ रहेको छ भने फण्डको खुद मुनाफा १७ लाख ६३ हजार १७० रुपैयाँ देखिएको छ ।  

लगानी गर्दा हुने सक्ने फाइदाहरुः

विशेषगरी एसआइपीमा लगानी गर्दा तरलता, सानो पूँजीबाट सुरु गर्ने क्षमता, जोखिम न्यूनीकरण र व्यवसायिक व्यवस्थापन जस्ता थुप्रै फाइदा हुन सक्छ ।  

थोरै रकमबाट दीर्घकालिन लगानी गरेर उच्च रिटर्न खोज्नेहरुका लागि एसआइपीमा लगानी गर्दा फाइदा हुने देखिन्छ । साथै सेयरबजारको अनुभवबिना पनि लगानी गर्न चाहानेहरुका लागि यो योजना उपयुक्त विकल्प हुन सक्छ ।  

फण्डको न्याभ, पोर्टफोलियो र समग्र वित्तीय प्रदर्शन लगायका विवरणहरु क्यापिटलले नियमित सार्वजनिक गर्ने भएकाले आफुले लगानी गरेको खुलामुखी फण्डको प्रदशर्नको अपडेट लिन सकिन्छ । न्यूनतम १ हजार रुपैयाँबाट लगानी गर्न सकिने एसआइपीमा लगातार खरिद र फिर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ ।  

क्यापिटलहरुले साना लगानीकर्तालाई मध्यनजर गर्दै एसआइपी सञ्चालन गरिरहेका छन् । जसबाट मासिक रुपमा लगानीकर्ताबाट केही रकम संकलन गरी यस्ता खुलामुखी योजनामा लगानी गरिएको हुन्छ ।  

साथै त्यस्ता खुलामुखी योजनाले विभिन्न कम्पनीको सेयर, बण्ड वा अन्य वित्तीय साधनमा लगानी गरेको हुन्छ र यसले जोखिम कम गर्छ ।  

साथै फण्डको न्याभको आधारमा क्यापिटलले भविष्यमा उत्कृष्ट लाभांश दिन सक्ने सम्भावना देखिन्छ, जसबाट लगानीकर्ताले केही प्रतिशत भएपनि रिटर्न पाउने देखिन्छ । सेयरबजारमा लगानी गरेजस्तो ह्वात्तै पोर्टफोलियो घट्ने रिस्क एसआइपीमा हुँदैन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X