मंगलवार, आश्विन १४,२०८२ 06:53:48
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 06:53:48
IME remit
Global IME Bank Limited

भाटभटेनीमा ‘डिजिटल दशैं’ अफर : स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्ने मौका

Hyundai Nepal
भाटभटेनीमा ‘डिजिटल दशैं’ अफर : स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्ने मौका
Shivam Cement

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक र नेपालपे QR सँग सहकार्य गर्दै दशैं–तिहारलाई लक्षित गरेर ‘डिजिटल दशैं अफर’ ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपालपे QR मार्फत भुक्तानी गरी आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

अफरअनुसार, भाटभटेनीका प्रत्येक आउटलेटमा एक–एक भाग्यशाली ग्राहकलाई TVS Jupiter स्कुटर पुरस्कार स्वरूप प्रदान गरिनेछ। साथै, बम्पर लकी ड्र मार्फत एक भाग्यशाली ग्राहकले नयाँ Tata Punch EV कार जित्ने मौका पाउनेछन्।

अफरको अवधि

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्कुटरको लागि : ६ असोज २०८२ (२२ सेप्टेम्बर २०२५) देखि १७ पुस २०८२ (१ जनवरी २०२६) सम्म।

बम्पर कारको लागि : ६ असोज २०८२ (२२ सेप्टेम्बर २०२५) देखि ३० फागुन २०८२ (१४ मार्च २०२६) सम्म।

लकी ड्रको विजेता घोषणा भाटभटेनी, हिमालयन बैंक र राष्ट्रिय भुक्तानी व्यवस्था लिमिटेड (NCHL) को समन्वयमा अनलाइनमार्फत गरिनेछ।

यस अफरले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने मात्र नभई ग्राहकको किनमेल अनुभवलाई अझ आकर्षक र फाइदाजनक बनाउन सहयोग गर्ने आयोजकहरूले जनाएका छन्।

नेपालपे QR हाल ५२ भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, डिजिटल वालेट, कनेक्टIPS तथा Alipay+ नेटवर्कमार्फत भुक्तानी गर्न सकिन्छ। देशभर एक मिलियनभन्दा बढी व्यापारीले यस प्रणालीलाई प्रयोग गरिसकेका छन्।

भाटभटेनी सुपरमार्केट नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यावसायिक श्रृंखला हो जसका २७ भन्दा बढी शाखाहरू छन्। किराना सामानदेखि इलेक्ट्रोनिक्स, कपडा, घरेलु सामग्रीसम्मका विभिन्न वस्तु एकै छानामुनि उपलब्ध हुने भाटभटेनी उपभोक्ताका लागि प्रमुख गन्तव्य बनेको छ।

हिमालयन बैंक नेपालपे QR का लागि सबैभन्दा ठूलो अधिग्रहण तथा कारोबार गर्ने बैंक हो। हाल बैंकले १७४ शाखा, २८६ एटीएम र ८५०० भन्दा बढी POS मार्फत सेवा दिइरहेको छ। साथै, यो नेपालकै एकमात्र बैंक हो जसले Visa, Mastercard, UnionPay, Discover र Amex जस्ता अन्तर्राष्ट्रिय कार्ड स्किमहरूसँग साझेदारी गरेको छ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.