बुधबार, श्रावण ६,२०८३ 02:58:53
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:58:53
Bizshala
Global IME Bank Limited

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना
New Office

काठमाण्डौ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आँशीक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।  

यस्तै कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.