बुधबार, श्रावण ६,२०८३ 03:04:57
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:04:57
Bizshala
Global IME Bank Limited

बीमा कम्पनीहरुमा बाढी पहिरोको दाबी थपिँदै, पुनर्बीमकलाई दायित्वको सास्ती

बीमा कम्पनीहरुमा बाढी पहिरोको दाबी थपिँदै, पुनर्बीमकलाई दायित्वको सास्ती
New Office

काठमाण्डौ । बीमा कम्पनीहरूमा एकपछि एक गर्दै बीमा दाबीको चाङ पर्ने देखिएको छ। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट अर्बौँ रकम दाबी पर्दा आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ गतेको अविरल बर्षाले पुनःबिमा कम्पनीहरूमा करोडौं रकमको दाबी थपिने देखिएको छ।

यसअघिको आन्दोलनबाट क्षति पुगेको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले दाबी भुक्तानीमा बीमा कम्पनीहरुले ठूलो रकम तिर्नुपर्ने अवस्था छ । अर्कोतर्फ नेपालीहरूको महान चाड दशैं सकिए लगत्तै आएको बाढीले अर्बौ रुपैयाँको बीमा दावी सिर्जना हुने अवस्था देखिएपछि बीमा कम्पनीहरु थप दबाबमा परेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा पुगेको क्षतिको हालसम्म करिब २३ अर्ब बीमा दावी परिसकेको छ भने अझै थप भई कूल ३० अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । अहिलेको बाढी पहिरोबाट ४५ अर्बसम्म बीमा दावी थपिन सकिने बीमा प्राधिकरणले प्रारम्भिक अनुमान गरेको छ ।

अविरल वर्षासँगै सरकारले अपनाएको पूर्व सावधानीले ठूलो धनजनको क्षति हुनबाट जोगिएको छ । तर नेपालका केही भागमा भौतिक सम्पत्ति बीमा बापत भने ठूलो रकमकै बीमा दावी पर्ने देखिन आएको छ ।  

मध्य तथा तराईका कतिपय विद्युतीय गाडीहरु डुबेर काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यस्तै, मोटर बीमामा पनि राम्रै बीमा दावी पर्ने विश्वास गरिएको छ ।

मनसुनी बर्षा सकिनुपर्नेमा ढिलासम्म बसेर बिनास गरेकोले बीमा कम्पनीहरु थप मारमा पर्ने भएका छन् । यद्यपि बीमा कम्पनीहरुले पर्याप्त मात्रामा पुनर्बीमा गरेकोले बीमा कम्पनीहरुले मात्रै शतप्रतिशत तिर्नुपर्ने हुँदैन ठूलो हिस्सा पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने हुँदा समस्या हुँदैन ।  

बीमा कम्पनीहरूले पनि जोखिम बहन गर्नका लागि पुनर्बीमा गरेका हुन्छन् । यसअघिको हुलदङ्गा तथा आतंकवाद बीमाको दाबी भुक्तानी नेपाल पुनर्बिमा कम्पनीले मात्रै भुक्तानी गर्नुपर्ने भएपनि बाढी पहिरोबाट क्षति पुगेको सम्पत्ति बीमा वा मोटर बीमाको दाबी भुक्तानी भने नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स दुवै कम्पनीले भुक्तानी गर्नुपर्ने देखिन्छ। यस हिसाबमा नेपाल रि इन्स्योरेन्सलाई थप दायित्व बढ्ने देखिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.