काठमाण्डौ । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ । जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् ।
यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ जुन नाडा अटो सोमा सो स्टपरका रुपमा स्थापित भएको थियो । रिमोट इन एन्ड आउट पार्र्किंग, क्विन कोपाइलट सि र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट इभी बन्ने सफल भएको हो ।
यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ । ग्राहकहरुले फ्युचरिस्टिक दिपल इभी मात्र होइन मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो ।
आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निःशुल्क वाल तथा ट्राभल चार्जर र निःशुल्क एसेसोरिज पनि पाउनु हुनेछ ।
तसर्थ वीरगञ्ज, जनकरपुर हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीले जनाएको छ ।