मंगलवार, भाद्र ३०,२०८३ 06:13:34
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 06:13:34
Bizshala
Global IME Bank Limited

सर्वोत्तमको सेयरमूल्यमा लगातार तेश्रो अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप

सर्वोत्तमको सेयरमूल्यमा लगातार तेश्रो अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप
New Office

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको तेश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ ।  

पहिलो र दोश्रो दिन झै तेश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  

सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६७.२० रुपैयाँले मूल्य बढेको हो ।

Shivam Cement
Bizshala
CG Motors

यो कम्पनीले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।  

आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यो कम्पनीको सेयरमूल्यमा उच्च खरीद चाप देखिएकाले मूल्य अझै माथि पुग्ने सम्भावना देखिन्छ ।  

यो समाचार तयार पार्दासम्म यो कम्पनीमा १७ लाख ९९ हजार बढी कित्ताको माग भएको देखिन्छ ।

बजारको सुरुवाती रुझान हेर्दा सर्वोत्तमको सेयरमूल्य बढेपछि दोश्रो बजारमा सूचीकृत अन्य तीनवटा कम्पनीमा समेत खरीद चाप बढ्दै गएको देखिन्छ । पूरा कारोबार अवधिभर यस्तै प्रवृति रहे अन्य सिमेन्ट कम्पनीको सेयरमूल्य समेत बढ्ने सम्भावना देखिन्छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.