काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा मनोज सिलवाल चयन भएका छन् । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिलवाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवाललाई प्राधिकरणले असोज २० गते प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालक नियुक्त गरेको थियो । सोहीबमोजिम कम्पनी सञ्चालक समितिले सिलवाललाई सञ्चालकको रुपमा स्वागत गर्दै अध्यक्ष चयन गरेको हो ।