सोमबार, असार १५,२०८३ 03:20:27
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:20:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने

Laxmi Sunrise Bank Limited
नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने

काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर–पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आई पूर्वतर्फ सर्दै कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।  

उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

New Office
CG Motors
Garima Development Bank

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ ।

हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुत्र सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स(साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।  

विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

सम्भावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.