काठमाण्डौ । सरकारले कात्तिक मसान्तसम्म कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम लक्ष्यको ७७.४९ प्रतिशत हो ।
कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँबराबरकोा राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
जसमध्ये उक्त महिनामा ७८ अर्ब ३३ करोड मात्रै राजश्व संकलन भएको छ । जुन मासिक लक्ष्यको ७५.४९ प्रतिशत हो । कात्तिक ३० गते भने ३ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन भएको थियो ।
असोज महिनामा सरकारले ९२ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त महिनामा सरकारले १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । असोजमा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत थियो।
गत आर्थिक वर्ष २०८१/८२ कात्तिमसम्म ४ खर्ब ६ अर्ब ३७ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा सरकारले ३ खर्ब २९ अर्ब २९ अर्ब २ करोड रुपैयाँ राजश्व उठाएको थियो । उक्त आवको कात्तिक महिनामा मात्रै भने ७६ अर्ब राजश्व उठेको थियो ।
सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब राजश्व संकलनको लक्ष्य लिएको छ । गत आवमा भने सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँबराबरको राजश्व उठाउने लक्ष्य लिएको थियो ।
कात्तिक महिनासम्म सरकारले संकलन गरेको कुल राजस्वमध्ये भन्सार महसुल ७४ अर्ब ५९ करोड, आयकर ९३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २८ करोड, अन्तशुल्क ६२ अर्ब १ करोड, गैरकर आम्दानी १९ अर्ब ६५ करोड, शिक्षा सेवा शुल्क र अन्य राजस्वतर्फ १ अर्ब ६१ करोड र विविध प्राप्ति २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

