आईतवार, असार २८,२०८३ 02:09:43
Bizshala
  • आईतवार, असार २८,२०८३ 02:09:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

Laxmi Sunrise Bank Limited
सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ ।  

बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।  

समझदारी समारोहमा बोल्दै सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।  

New Office
CG Motors
Garima Development Bank

सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए ।  

‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो,’ उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’  

त्यस्तै क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरु गएपनि बजारबाट व्यवहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।  

साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ,’ उनले भने ।  

त्यस्तै क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  

सीईओ अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दापनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.