बिहीबार, बैशाख १७,२०८३ 06:22:31
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 06:22:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रियंकाको ‘सेलिब्रेटी किचन’ अब प्रसारण हुँदै

Bizshala
प्रियंकाको ‘सेलिब्रेटी किचन’ अब प्रसारण हुँदै
Shivam Cement

काठमाण्डौ । मालिन मिडियाको निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएकाे  छ। कान्तिपुर टेलिभिजनमा हरेक बुधकार साँझ ९ बजे र OSR Reality Youtube मार्फत प्रशारन हुने छ । नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएरनेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ।

कार्यक्रमकी होस्ट प्रियंका कार्की आफ्नो करिश्मा, सहज प्रस्तुतिका शैली र दर्शकमैत्री ऊर्जा मार्फत प्रत्येक एपिसोडलाई झनै रोचक, प्रेरणादायीर मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

खानाको पहिचान र स्वस्थ जीवनशैलीको प्रवर्द्धन

‘सेलिब्रेटी किचन’ केवल खाना पकाउने कार्यक्रम मात्र होइन। यसले यसभन्दा धेरै गहिरो उद्देश्य बोकेको छ—

  • विविधतायुक्त खानाको संरक्षण र प्रवर्द्धन
  • स्वस्थ खानपानको सन्देश
  • नेपाली होटल–रेस्टुरेन्ट तथा आतिथ्य उद्योगको दृश्यता विस्तार
  • परिवार, समुदाय र संस्कृतिलाई खानाबाट जोड्ने प्रयास

कार्यक्रमले नेपाली स्वाद, मौलिकता र भान्साको सौन्दर्यलाई आधुनिक टेलिभिजन प्रस्तुतीकरणसहित दर्शकमा पुर्‍याउनेछ। नेपालका वरिष्ठ कलाकारहरु, वरिष्ठ उद्योगपती, हास्य कलाकार तथा विभिन्न पेशा सँग आवद्द भएकाहरुलाइ कार्यक्रममा उपस्थित गराइ उनीहरुको खाना प्रतिको अनुभवलाइ दृश्य मार्फत प्रस्तुत गरिने योजना रहेको छ। शो नेपाली टेलिभिजनको अन्य कुकिङ कार्यक्रमभन्दा पूर्णतः भिन्न ढाँचामा तयार गरि प्रस्तुत गरिने छ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमका निर्माता महेश पोखरेलका अनुसार  सेलिब्रेटी किचन खाना, संस्कार र जीवनशैलीलाई एकैसाथ जोडेर बनाइएको बिल्कुलै नयाँ टेलिभिजन शो हो।

कार्यक्रममा सेफ प्रकाश कटुवाल तथा होस्ट प्रियंका कार्कीले नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका थुप्रै परिकार तयार पार्नेछन्। उपस्थित विशेष अतिथिहरूले प्रियंकाले बनाएका परिकार चाखेर आफ्ना प्रतिक्रिया र अनुभव व्यक्त गर्नेछन्।

कुकिङ शो भएको भएपनि यसमा जीवनशैली, खानपान बानी, व्यक्तिगत अनुभव, प्रेरणादायी कथाहरू, हल्का मनोरञ्जनात्मक र घरायसी  कुराकानी समेत समावेश गरिनेछ, जसले कार्यक्रमलाई अझै गहिरो र दर्शक–आकर्षक बनाउनेछ। 

यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा डाबर हनि रहेको छ भने, लामिनार टाइल्स मार्फत किचन सेट तयार गरिएको छ र साथै ज्ञान राइस, टाटा, विग मार्ट, व्यञ्जन तेल, जोए, याडिया स्कुटर, हिमस्टार रहेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X