मंगलवार, फाल्गुन १९,२०८२ 10:49:12
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 10:49:12
Bizshala
Global IME Bank Limited

केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ मा रबिलले जिते स्कुटर

केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ मा रबिलले जिते स्कुटर
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको चाबहिस्थित केएल टावरले दशैंतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर १४७७१ का रबिल तामाङले जितेका छन् । तामाङलाई सिजी मोटर्स प्रालि (हिरो) का रिजनल म्यानेजर सुवास केसीले स्कुटरको चाबी हस्तान्तरण गरे ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उपहार योजना अन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर र अर्को एक जनालाई दोस्रो उपहार स्वरुप ५ रात ६ दिनको थाइल्याण्ड भ्रमण जित्ने मौका दिइएको थियो ।

जसमा मोरङको पथरीकी डेजिना लिम्बुले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाएकी छिन् । उनलाई एशियन एक्सपिडिसन ट्राभल्सका सञ्चालक इश्वर ढकालले थाइल्याण्ड भ्रमणको कागजात हस्तान्तरण गरे ।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४४ जनालाई अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरुलाई उपहार हस्तान्तरण गरेका थिए ।

केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे २ लाख उपभोक्ता पुगेकामा २० हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।

बम्पर उपहार विजेता तामाङलाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका रिजनल म्यानेजर केसीले ब्रान्ड प्रवद्र्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताए ।

यस्तै, केएल टावरका प्रमुख कार्यकारी अधिकृत कक्षपतिल उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा केएल आटवरको व्यापार प्रवद्र्धनका लागि उपहार योजना सञ्चालन गरिएको बताए । आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.