काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको दियो महलमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १०.५२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०÷८१ को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।