बुधबार, श्रावण ६,२०८३ 03:05:42
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:05:42
Bizshala
Global IME Bank Limited

बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म ४.१८ अर्ब दाबी भुक्तानी

बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म ४.१८ अर्ब दाबी भुक्तानी
New Office

काठमाण्डौ । देशमा गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कुल ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको कुल दाबी रकम ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कूल ३३ वटा बीमा दाबीको ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको ५१ करोड ५७ लाखमध्ये कूल ७ वटा दाबीको ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको ४ करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको २ करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ ।

यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म शुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.