शनिबार, श्रावण २,२०८३ 09:28:09
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:28:09
Bizshala
Global IME Bank Limited

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न, सीयुजी कमर्सियल गो लाइभको घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न, सीयुजी कमर्सियल गो लाइभको घोषणा
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आव २०८१÷८२ को आफ्नो चौधौँ वार्षिक साधारण सभा पुस ३ गते काठमाण्डौमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस पश्चात एनसीएचएलको चुक्ता पूँँजी रु.  १ अर्ब ४५ करोड ८५ लाख ११ हजार ५०० रुपैयाँबराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।  

आव २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७ प्रतिशतले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशतले वृद्धी भएको छ ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ । विकास बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरुबाट प्रतिनिधित्व गर्दै आईसिएफसि. फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

वार्षिक साधारण सभाबाट नेपालपे कार्डको Closed User Group (CUG) Commercial Go-Live  पनि घोषणा गरिएको छ । सभाको विविध प्रस्ताव अन्तर्गत सो घोषणा गरिएको हो । नेशनल कार्ड स्कीम अन्तर्गत सुरुवात गरिएको सो नेपालपे कार्डको हाल दुइ वटा बैंक वित्तीय संस्था मार्फत इस्यूइङ्ग तथा १२ वटा बैंक वित्तीय संस्थाबाट अक्वयरिङ्गको कार्य सुरु भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.