शनिबार, श्रावण २,२०८३ 11:13:29
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:13:30
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सले एकैपटक डाक्यो दुई आवको एजीएम, बुक क्लोजको मिति पनि तय

सन नेपाल लाइफ इन्स्योरेन्सले एकैपटक डाक्यो दुई आवको एजीएम, बुक क्लोजको मिति पनि तय
New Office

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं र नवौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस २५ गते बिहान साढे १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २०.२६६२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ र २०८१/८२ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती समेत अनुमोदन गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.