बिहीबार, श्रावण १४,२०८३ 06:49:41
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 06:49:41
Bizshala
Global IME Bank Limited

लाभांश पारितको प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय

लाभांश पारितको प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
New Office

काठमाण्डौ । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ४१ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २८ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विषयसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको वित्तीय विवरणसहितको एकिकृत विवरण स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तीको जानकारी दिने र एकजना संस्थापक सेयरधनीको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.