बुधबार, फाल्गुन ६,२०८२ 02:25:27
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:25:27
Bizshala
Global IME Bank Limited

एनसीएचएलको १७ औं वार्षिकोत्सव सम्पन्न

एनसीएचएलको १७ औं वार्षिकोत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को १७ औं वार्षिकोत्सव पुस ८ गते सम्पन्न भएको छ । राष्ट्र बैंकका डेपूटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी सम्पन्न भएको हो ।

कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा अध्यगमन विभागका पदाधिकरीज्यूहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीज्यूहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुखज्यूहरु लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस, २०६५ मा एनसीएचएल नेपालमा विभिन्न  राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ्ग डिजिटाइज गर्न २०६८ मा एनसीएचएल–ईसीसीको शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विगत १७ वर्षको यात्रामा, एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई)नेपालपे क्यूआर, एनपीआईएक्स र ईएफटी कार्ड स्विच कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्डको कमर्सियल रोलआयट समेत गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारी छवी सापकोटा, हेड–पेमेन्ट सिस्टमलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो । कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको सञ्चालक समितिको स्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रुपमा रही संस्था स्थापनाको लागि पुर्याएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै डेपूटी गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरुको अनावरण पनि गरेको छ । कार्यक्रममा सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकहरुका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंक लि. सँगको सहकार्यमा कर्पोरेटपे २.० ,माछापुच्छ्रे बैंक लि. सँगको सहकार्यमा कार्डस् सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजी सँगको सहकार्यमा थर्ड पार्टीज् नेट सेटलमेन्ट सार्वजनिक गरिएका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधा अन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शनबाट सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी, सिदार्थ बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’  अवार्डबाट सम्मानित गरिएको छ । ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ अवार्डबाट ग्लोबल आईएमई बैंकलाई सम्मानित गरिएको छ । नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटप’ अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिषाको अनलाईन पेमेन्टका लागि अन्तरराष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई स्पेशल रिकग्निसन अवार्ड प्रदान गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.