मंगलवार, श्रावण १२,२०८३ 01:00:44
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:00:44
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा लगानीकर्ताको क्रेज, २२ गुणा बढी पर्यो आवेदन

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा लगानीकर्ताको क्रेज, २२ गुणा बढी पर्यो आवेदन
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदनको ओइरो लागेको छ । विवादास्पद बनेको कम्पनीको आइपीओमा सर्वसाधारणले आइपीओ भर्न न्यूनतम ४१ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ ।

कम्पनीले प्रतिसेयर ८२० रुपैयाँ ८० पैसा तोकेको आइपीओमा सर्वसाधारणहरुको आवेदनको ओइरो परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइपीओ खुलेको चौथो दिनसम्म कम्पनीको आइपीओमा २२ गुणा बढी आवेदन परिसकेको छ ।

सिडिएससीका अनुसार आज बिहानसम्मका कम्पनीको आइपीओमा १६ अर्ब ९८ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८७ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो आवेदन मागभन्दा २२.३७ गुणा बढी हो ।

कम्पनीले पुष ७ गतेदेखि सर्वसाधारणहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूतम आवेदन दिदा पनि ४१ हजार रुपैयाँ हाल्नुपर्ने देखिन्छ । महँगो आइपीओमा पनि सर्वसाधारणले भने आँखा चिम्लेरै आवेदन दिइरहेका छन् ।

यो आइपीओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.