बिहीबार, बैशाख १७,२०८३ 04:43:12
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 04:43:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय घर निर्माण फेस्ट- २०८२ सुरु

Bizshala
राष्ट्रिय घर निर्माण फेस्ट- २०८२ सुरु
Shivam Cement

काठमाण्डौ । आजबाट राष्ट्रिय घर निर्माण फेस्ट– २०८२ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन्‌ । ‘जे गर्छौं, नेपालमै गछौं’ भन्ने नारासहित सुरु भएको उक्त प्रदर्शनी नेपालमै अवसरहरु छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्य राखेको छ ।

पहिलो दिन आज १५ हजार बढी दर्शकले मेलाको आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा विश्वकै ठूलो इट्टा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजबाट सुरु भएको फेस्ट आगामी मंगलबारसम्म जारी रहने छ । नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा व्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउन सक्नेछन्‌ । त्यस्तै ‘उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X