शनिबार, श्रावण ९,२०८३ 11:36:59
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:36:59
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्टले डाक्यो विशेष साधारण सभा

आईपीओ निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्टले डाक्यो विशेष साधारण सभा
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित विशेष साधारण सभा डाकेको हो । पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो ।

उक्त सभा माघ ५ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको आनन्द भूमि इभेन्ट्समा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सेयर संरचना परिवर्तन गर्ने, सर्वसाधारण समूहलाई तोकिएबमोजिम जारी तथा चुक्तापूँजी मिलान गर्ने, सेयरसंरचना परिवर्तन भएबमोजिम सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणमा सेयर निष्कासन गर्नू र सो सम्बद्ध अन्य सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.