मंगलवार, आश्विन २७,२०८३ 08:34:25
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:34:25
Bizshala
Global IME Bank Limited

उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित

Bizshala
उपभोक्ता मुद्रास्फीति १.६३% मा सीमित
New Office

काठमाण्डौ। आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मूल्यवृद्धि उल्लेखनीय रूपमा न्यून रहेको देखाउँछ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत तथा दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले वृद्धि भएको छ । यद्यपि तरकारी उप–समूहको मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत तथा दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको १.८३ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २।५४ प्रतिशत, मधेश प्रदेशमा २.०१ प्रतिशत, बागमती प्रदेशमा १.४८ प्रतिशत, गण्डकी प्रदेशमा १.०८ प्रतिशत, लुम्बिनी प्रदेशमा १.६७ प्रतिशत, कर्णाली प्रदेशमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ ।

भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X