मंगलवार, जेष्ठ ५,२०८३ 03:21:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:21:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बाग्मती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दैँ कार्यक्रमका प्रमुख अतिथि बाँनियाले ढुवानी व्यवसाय प्रवाभकारी बनाउन आवश्यक रहेको बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु पर्ने भएकोले यस क्षेत्रको कार्य कार्यन्वयन गर्न स्थानिय सरकारलाई समेत आग्रह गरेका छन्। साथै बाँनियाले जेन्जी आन्दोलनमा पूर्ण रुपमा ध्वस्त भएका सवारी साधनहरुको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको समेत जानकारी दिए।

Bizshala
New Office
CG Motors

उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ।’

संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड रहेको बताएका छन्। उनले यस संघले देशको दुर्गम तथा ग्रामीण क्षेत्र सहित विभिन्न ठाँउमा ग्राहकहरुलाई समयमा प्रभावकारी सामान पुराउने उदेश्य बोकेर अगाडी बढेको बताउदैँ संस्थाले सामाजिक कार्यमा पनि विषेश जोड दिने गरेको जानकारी गराए। 

साथै उनले सामान ओसारपोसार गर्ने क्रममा ढुवानी व्यवसायीहरुले अनावश्यक दुख भोग्नु परेको बताउदैँ सरकारलाई स्पष्ट एकिकृत ढुवानी ऐन कार्यविधि सुनिश्चित गर्न समेत आग्रह गरे।  

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रममा बोल्दै वागमति प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी लगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउनुदै लानुपर्नेमा जोड दिएका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.