शुक्रबार, श्रावण १,२०८३ 02:50:28
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:50:28
Bizshala
Global IME Bank Limited

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
New Office

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।

नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो । यो बर्ष उक्त बीमालेख नविकरण गर्दै २७४ जनाको बीमा गरिएको हो । यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन् ।

बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ ।

यसमा कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ रहेका छ । बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्न दुर्घटना बीमालाई निरन्तरता दिएको बताइन् । ‘हामीले गत वर्ष पनि सदस्यहरुको बीमा गरेका थियौं । त्यसमा दुर्घटनामा परेर घाइते भएका दुई जना सदस्यले दावी भुक्तानी लिनु भएको थियो’ उनले भनिन्, ‘पछिल्लो एक वर्षमा भएका विभिन्न आन्दोलनले पत्रकारहरूमा बीमाको महत्व थप बढाएको छ । फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सदस्यहरुको दुर्घटना बीमा नवीकरण गरेका हौँ ।’

बीमामा समेटीएका बीमित सदस्यहरु कुनै कारणबंश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्नेछ ।

यस्तै, दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरिर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पुर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पुर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.