काठमाण्डौ । दक्षिण कोरियाको वित्तीय नियामक निकाय फाइनान्सियल सर्भिसेज कमिसन (एफएससी)ले सन् २०२७ देखि लागू हुने गरी बीमा कम्पनीहरूका लागि क्यापिटलको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड घोषणा गरेको छ।
एफएससीका अनुसार कोरियन इन्स्योरेन्स क्यापिटल स्ट्यान्डर्डअन्तर्गत बीमा कम्पनीहरूले आवश्यक क्यापिटलको कम्तीमा ५० प्रतिशत कोर क्यापिटल कायम गर्नुपर्नेछ। यो जानकारी जनवरी १३ मा सार्वजनिक गरिएको हो।
कोर क्यापिटलमा भुक्तानी गरिएको पूँजी र सञ्चित नाफा समावेश हुन्छ। नयाँ नियमको उद्देश्य बजारको अस्थिरता वा वित्तीय तनावका बेला सम्भावित घाटा सहन सक्ने उच्च गुणस्तरको पूँजी बीमा कम्पनीहरूसँग सुनिश्चित गर्नु रहेको जनाइएको छ।
यो कदमले बीमा कम्पनीहरूको पूँजी जुटाउने लागत बढ्न सक्ने चेतावनी पनि दिइएको । ५० प्रतिशतभन्दा कम कोर क्यापिटल अनुपात भएका बीमा कम्पनीहरूलाई सुधारात्मक कारबाही लागू गरिनेछ समेत उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।