बुधबार, आश्विन २८,२०८३ 02:20:19
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 02:20:19
Bizshala
Global IME Bank Limited

अब भारतमै बन्ने भयो विमान, अडानी ग्रुपले गर्यो ब्राजिलको कम्पनीसँग सम्झौता

Bizshala
अब भारतमै बन्ने भयो विमान, अडानी ग्रुपले गर्यो ब्राजिलको कम्पनीसँग सम्झौता
New Office

काठमाण्डौ । अडानी ग्रुपको कम्पनी अडानी एयरोस्पेस एण्ड डिफेन्सले भारतमा कमर्शियल विमान निर्माण गर्न ब्राजीलको विमान निर्माता कम्पनी एम्ब्रेयरसँग ठूलो सम्झौता गरेको छ। यो सम्झौता भारत सरकारको ‘मेक इन इण्डिया’ कार्यक्रम अन्तर्गत गरिएको हो र यसले देशमा विमान निर्माणको पूर्ण इकोसिस्टम विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौतापत्र नागरिक उड्डयन मन्त्री राम मोहन नायडूको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। एयरबस र बोइङपछि, एम्ब्रेयर विश्वको तेस्रो ठूलो विमान निर्माता कम्पनी हो। अडानी एयरोस्पेस एण्ड डिफेन्सका निर्देशक जित अडानीले आगामी केही महिनाभित्र विस्तृत योजना र निर्माण स्थलको घोषणा हुने बताएका छन्। उनले भने, ‘चुनेको स्थानमा तुरुन्तै काम सुरु गर्ने तयारी छ।’

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सम्झौताको अन्तर्गत केवल विमान एसेम्बल मात्र नभई, विमान निर्माण, सप्लाइ चेन, आफ्टरमार्केट सेवा, र पाइलट तालिमसमेत समेटिने पूर्ण इकोसिस्टम निर्माण गर्ने योजना रहेको छ। एम्ब्रेयरले साझेदारीको प्रयास भईरहेको तर अन्तिम शर्तहरू अझै तय हुनु बाँकी रहेको जनाएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

भारतमा एम्ब्रेयरको पहिले नै मजबूत उपस्थिति छ। ब्राजीलीयन कम्पनीले हाल भारतमा ५० भन्दा बढी विमानहरू सञ्चालन गरिरहेको छ, जुन भारतीय वायु सेना, सरकारी निकाय र क्षेत्रीय एयरलाइन स्टार एयरद्वारा प्रयोग गरिन्छ। यसअघि एम्ब्रेयरले महिंद्रा ग्रुपसँग मिलेर ‘मेक इन इण्डिया’ अन्तर्गत भारतीय वायु सेनाका लागि सैन्य विमानको प्रस्ताव पनि दिएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X