सोमबार, असार ८,२०८३ 09:19:21
Bizshala
  • सोमबार, असार ८,२०८३ 09:19:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राइम टाइल्सले प्राप्त गर्‍यो NS प्रमाणपत्र

Laxmi Sunrise Bank Limited
प्राइम टाइल्सले प्राप्त गर्‍यो NS प्रमाणपत्र

काठमाण्डौ । प्राइम टाइल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट NS 617 अनुसारको NS प्रमाणपत्र प्राप्त गरेको छ ।  यससँगै कम्पनी नेपालको Wall र Floor टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी बनेको छ । 

यस प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रियगुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गरेको कम्पनीले जनाएको छ । यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण समेत भएको कम्पनीको भनाई छ । 

New Office
CG Motors
Garima Development Bank

प्राइम टाइल्सका Wall तथा Floor टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन्। NS प्रमाणपत्र प्राप्तिसँगै Prime Tiles ले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँमापदण्डहरू स्थापित गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राइम टाइल्स ब्रान्डप्राइम सेरामिक्स प्राइभेट लिमिटेड (PCPL) द्वारा प्रवर्द्धित हो, जुन सन्२०२१ मा स्थापना भएकोनेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनी हो। 

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायलदुवै उत्पादन गर्ने नेपालकै एकमात्र उद्योगका रूपमा PCPL सञ्चालनमा छ। वार्षिक ४०लाख वर्ग मिटर उत्पादनक्षमता र ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.