आईतवार, आश्विन २५,२०८३ 07:05:15
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:05:16
Bizshala
Global IME Bank Limited

सर्वोच्चद्वारा शरद ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णयलाई वैधता प्रदान

Bizshala
सर्वोच्चद्वारा शरद ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णयलाई वैधता प्रदान
New Office

काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णयलाई वैध ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले बीमा ऐन २०७९ को दफा १२(२) अनुसार छानबिन समिति गठन गरिएको समितिले निवेदकलाई आफ्नो भनाइ राख्ने मौका दिएको र प्राप्त कार्यादेशअनुसार प्रतिवेदन बुझाएको तथ्यलाई निर्णायक आधार मानेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

छानबिन समितिले ओझामा सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव नपुगेको ठहर गर्दै कार्यक्षमताको अभाव औंल्याएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारले गरेको पदमुक्ति निर्णय कानुनविपरीत भन्न नमिल्ने सर्वोच्चको निष्कर्ष छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

ओझाले छानबिन समितिलाई दिएको कार्यादेश नै गैरकानुनी भएको जिकिर गरे पनि सर्वोच्चले उक्त विषय अन्तिम सुनुवाइमा निरुपण हुने प्रकृतिको भएको भन्दै हाललाई समितिको प्रतिवेदनअनुसार भएको कारबाही रोक्न अस्वीकार गरेको छ। यससँगै यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई पनि निरन्तरता नदिने आदेश भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.