मंगलवार, असार १६,२०८३ 09:52:04
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:52:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजेटको संशोधित अनुमानः आर्थिक वृद्धि ६% र मुद्रास्फीति ५.५% मा सीमित राख्ने लक्ष्य

Laxmi Sunrise Bank Limited
बजेटको संशोधित अनुमानः आर्थिक वृद्धि ६% र मुद्रास्फीति ५.५% मा सीमित राख्ने लक्ष्य

काठमाण्डौ । चालु आर्थिक वर्षका लागि सरकारले संशोधित बजेट अनुमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार यस बजेटको मुख्य लक्ष्य आर्थिक वृद्धि ६ प्रतिशतमा पुर्‍याउने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने रहेको छ।

मन्त्रालयका अनुसार २०८२ भदौ २३–२४ गतेको आन्दोलनपछिका असामान्य परिस्थितिहरू, आयोजना पुनः प्राथमिकीकरण, र खर्च कटौती गर्ने मन्त्रिपरिषद्को निर्णयलाई संशोधित अनुमानको आधार मानिएको छ ।

New Office
CG Motors
Garima Development Bank

आगामी प्रतिनिधि सभाको निर्वाचन, सामाजिक सुरक्षा कार्यक्रम, कर्मचारी महँगी भत्ता, र आन्दोलनमा घाइते तथा मृतक परिवारलाई राहत उपलब्ध गराउने जिम्मेवारीले चालु खर्चमा उल्लेखनीय दबाब परेको जनाइएको छ।

यस्तै आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति तथा वन क्षेत्रको प्रयोगमा जटिलता, र निर्माण व्यवसायीलाई भुक्तानीमा ढिलाइ भएकाले पुँजीगत खर्चको गुणस्तर अपेक्षित स्तरमा सुधार हुन सकेको छैन।

आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, निर्माणाधीन रणनीतिक आयोजनाको भुक्तानी, र अनिवार्य दायित्व (तलब, भत्ता, पेन्सन) लाई प्राथमिकतामा राखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पूर्व तयारी नभएका, टुक्रे आयोजना, र प्रतिफल सुनिश्चित नभएका अनुत्पादक कार्यक्रमहरूको बजेट रोक्का गरेर प्राथमिकता प्राप्त आयोजनामा रकमान्तर गर्ने नीति लिइएको प्रतिवेदनमा उल्लेख छ ।

बैठक भत्ता उपलब्ध नगराउने, बाह्य परामर्श सेवा नलिने, वैदेशिक भ्रमण नियन्त्रण गर्ने, र नयाँ दरबन्दी सिर्जना नगर्ने जस्ता कदमहरू चालु खर्च नियन्त्रण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.