बिहीबार, आश्विन २९,२०८३ 04:45:54
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:45:54
Bizshala
Global IME Bank Limited

प्रभु क्यापिटलका फण्डहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार, लगानीसँगै न्याभ पनि बढ्यो

Bizshala
प्रभु क्यापिटलका फण्डहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार, लगानीसँगै न्याभ पनि बढ्यो
New Office

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड अन्तर्गत तीनवटा म्युचुअल फण्ड सञ्चालनमा छन् । जसमध्ये दुई बन्दमुखी योजना रहेका छन् भने एउटा खुलामुखी योजना रहेको छ ।

क्यापिटलका फण्डहरुको वित्तीय अवस्था सुधारोन्मुख हुँदै गएको छ । चालु आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा क्यापिटलका तीनवटै फण्डले सेयरबजारमा उल्लेखनीय लगानी बढाएका छन् ।

हाल सञ्चालनमा रहेका प्रभु स्मार्ट फण्ड, प्रभु सेलेक्ट फण्ड र प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पुष मसान्तसम्म २ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।

यो रकम अघिल्लो महिना अर्थात् मंसिरको तुलनामा ३.३५ प्रतिशत बढी हो । मंसिरमा क्यापिटलका उक्त फण्डहरुले सेयरबजारमा २ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सो अवधिसम्म सबैभन्दा खुलामुखी योजना प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्मिले लगानी बढाएको छ । मंसिरमा २७ करोड ८३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको यो फण्डले पुष मसान्तमा १३.३२ प्रतिशत बढाएर ३१ करोड ५३ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ ।

यता प्रभु सेलेक्ट फण्डले सेयरबजारमा १ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम मंसिर महिनाको तुलनामा ३.०६ प्रतिशत बढी हो । मंसिरमा यो फण्डले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, प्रभु स्मार्ट फण्डले पनि १.१४ प्रतिशतले लगानी बढाएको छ । मंसिरमा यो फण्डको सेयरबजारमा १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ बराबरको लगानी रहेकोमा पुष महिनासम्ममा बढेर १ अर्ब ९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

फण्डहरुले सेयरबजारमा उल्लेखनीय लगानी बढाएका कारण प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ०मा सुधार देखिएको छ । साथै पछिल्लो समय सेयरबजारमा सुधार नदेखिदा घाटा ब्यहोरेका बन्दमुखी योजनाहरुले पुष मसान्तसम्म आइपुग्दा भने घाटा कम गरेका छन् ।

प्रभु सेलेक्ट फण्डले पुष महिनासम्ममा ६३।२२ प्रतिशतले घाटा कम गरेको छ । यो फण्डको न्याभ बढेर १२.०३ रुपैयाँ पुगेको छ । अघिल्लो महिनामा यो फण्डको न्याभ ११.६४ रुपैयाँ रहेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, प्रभु स्मार्ट फण्डले पनि ६० प्रतिशतले घाटा कम गरेको छ । अघिल्लो महिना ६ करोड २२ लाख रुपैयाँ घाटा ब्यहोरेको यो फण्डले पुस महिनामा २ करोड ८२ लाख रुपैयाँ मात्रै घाटा व्यहोरेको छ । फण्डको न्याभ पनि ११.९१ रुपैयाँबाट बढेर १२.२९ रुपैयाँ पुगेको छ ।

यता खुलामुखी योजना प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले भने २२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो महिनामा यो फण्ड ७३ लाख ४८ हजार रुपैयाँ घाटामा रहेको थियो । नाफामा उक्लिएसँगै फण्डको न्याभा ९.८६ रुपैयाँबाट बढेर १०.१० रुपैयाँ पुगेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.