शुक्रबार, असार १२,२०८३ 05:19:27
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:19:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा ओम मेगाश्री फर्मास्युटिकल्सको घाटा झनै बढ्यो

Laxmi Sunrise Bank Limited
आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा ओम मेगाश्री फर्मास्युटिकल्सको घाटा झनै बढ्यो

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार पुस मसान्तसम्म कम्पनीको घाटा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

गत असोज मसान्तसम्म पनि कम्पनी २ करोड ३० लाख घाटामा थिया । आम्दानीमा बढोत्तरी आएपनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनीको घाटा झनै बढ्न गएको देखिन्छ ।

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनीको आम्दानी १०३.६७ प्रतिशतले बढेर १० करोड ५१ लाख पुगेको छ । कम्पनीको खर्च भने उल्लेख्य बढेको छ । गत असोज मसान्तसम्म ७ करोड ४६ लाख रहेको कम्पनीको खर्च बढेर १४ करोड ३५ लाख पुगेको छ ।  

पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ४८ लाख रुपैयाँले ऋणात्मक बनेको छ भने अन्य रिजर्भमा ६ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकिकरण गरिएको १२.८१ रुपैयाँले ऋणात्मक बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.९३ रुपैयाँ र प्रतिसेयरकुल सम्पत्तिको मूल्य २५४.९२ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.