काठमाण्डौ । नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता संघबाट निष्कासित भएका छन्। संघले आज एक विज्ञप्ती जारी गर्दै गुप्तालाई सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको हो। गुप्ताले श्रृंखलाबद्ध रुपमा संघको प्रतिष्ठामा आँच पुर्याउने हर्कत गरेको संघले आरोप लगाएको छ ।
उनले संघका संस्थापक तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष तथा आभुषण संघकी निवर्तमान अध्यक्ष लगाएत संघमा आबद्ध अन्य व्यक्तिहरुको चरीत्रहत्या गर्ने बदनियत राखी विभिन्न सञ्चार माध्यम, अनलाईन पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा अनर्गल हर्कत गरी श्रृंखलाबद्ध रुपमा समाचारहरु सम्प्रेषण गरेको संघले बताएको छ। गुप्ताले बिना प्रमाण भ्रामक, कपोकल्पित र आधारहिन तर्कहरु सम्प्रेषण गरेको जनाउदै संघले घोर भत्सर्ना गरेको छ।
गुप्तालाई आफना कुराहरु स्पष्ट गरी राख्नको लागि स्पष्टीकरण पेश गर्न पत्राचारसमेत गरीएकोमा उनले संघको सचिवालयमा बुझाएको लिखित स्पष्टीकरणमा बसेको १० औं कार्यसमितिको बैठकमा प्रस्तुत भई यस विषयमा अध्ययन र छलफल हुँदा उक्त लिखित स्पष्टीकरण सोधिएका विषयवस्तुमा केन्द्रित नरही अत्यन्तै सतहिर हचुवा किसिमको भएकोले उनको लिखित स्पष्टीकरण सन्तोषजनक नभएको कार्यसमितिले ठहर गरेको हुँदा ेउनीमाथि विधान बमोजिम कारवाही गर्नु पर्ने बाध्यात्मक परीस्थितिको श्रृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, संघले यसपश्चात गुप्ताले प्रतिनिधित्व गर्दै आएको रिद्दि सिद्दि ज्वेलर्स प्रालि, रिद्धिसिद्धि ज्वेलरी हाउस र भीब्लुहर्स ज्वेलर्स प्रालि विशाल बजार र चुच्चेपाटीले गरेको कारोबारप्रति आफू जवाफदेही नरहने समेत जनाएको छ ।